महत्त्वपूर्ण समसमायिक वस्तुगत प्रश्नोत्तर

१. २०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
>भगीराज इङनाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि)

२. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
> नृत्यशास्त्री भैरवबहादुर थापा

३. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?
> सुजिता बस्नेत

४.सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
> साङ यी हङ (हङकङ), सन् २०२१ मे २३
उनले २५ घण्टा ५० मिनेटमा

५. पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?
> जलजला गााउँपलिका (पर्वत)

६.सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के नामले चिनिन्छ ?
> ह्वाइट हेल्मेट्स

७. अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
> डब्लूडब्लूएफद्वारा वातावरण र पृथ्वीको संरक्षणबारे सञ्चालित अभियान ।

Add a Comment

Your email address will not be published.