केही महत्त्वपूर्ण प्रश्नोत्तर
१. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?
– नेपाल
२. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?
– सुदूरपश्चिम
३. मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?
– दीक्षा केसी. ( वाफल, काठमाडौँ)
४. पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ ?
– वैदेशिक सहायता
५. विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?
– कुस्मा, पर्वत वि.सं. २०७८ पुस १३
६. होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?
– सियोमरा क्यास्ट्रो
७. थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
– दोलखा
८. भारतीय कृषकद्वारा एक वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ ?
– सन् २०२१ डिसेम्बर ११
९. नेपालका कुन संरक्षणविद्लाई डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ ?
-भोजराज श्रेष्ठ