July 31, 2022
समसामयिक जानकारी भाग -१
- नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको हो ?
-वि.सं. २०७७ माघ ७
- हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ?
. – पाँच
- नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ?
. – तीन
- भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ?
. – व्यास र फक्ताङलुङ गाउँपालिका
- प्रतिनिधि सभाबाट नागरिकता विधेयक कहिले पारित गरिएको हो ?
. – वि.सं. २०७९ साउन ६
- भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुने महिला नेत्री को हुन् ?
. – द्रौपदी मुर्मू
- नेपालबाट पहिलो पटक भारतीय बजारमा नेपाली छड निर्यात कहिले भएको हो ?
. – वि.सं. २०७९ साउन ४
- नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाउने गरिन्छ ?
. – जेठ ९
- उद्योग दिवस २०७८ को नारा के रहेको छ ?
. – स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
- ‘फादर अफ लाइब्रेरी साइन्स’ भनी कसलाई चिनिन्छ ?
. – एस.आर. रङ्गनाथन
- हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार नेपाली पासपोर्ट कतिऔँ स्थानमा रहेको छ ?
. – १०६औँ
प्रतिवेदनअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा परेका राष्ट्रहरू
पहिलो – जापान
दोस्रो – सिङ्गापुर र दक्षिण कोरिया
तेस्रो – जर्मनी र स्पेन
चौथो – फिनल्यान्ड, इटाली र लक्जेम्बर्ग
पाँचौँ – अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्विडेन
छैटौँ – फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत
सातौँ – बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र अमेरिका
आठौँ – अस्टे«लिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टा
नवौँ – हङ्गेरी
दसौँ – लिथुआनिया, पोल्यान्ड र स्लोभाकिया
- डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
. – डा. राजन पाण्डे
Please share your friends